
पश्चिमी वायुको प्रभावले बिहीवार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीवार पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।
हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र अधिकतम तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस छ ।
बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव ७ डिग्री सेल्सियस छ ।