१२ असार २०८३, शुक्रबार

कांग्रेसका पूर्व उपसभापतिको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

फागुन २७, २०७७
कांग्रेसका पूर्व उपसभापतिको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्व उपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य थापाको बुधवार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको हो । 

सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपाल शिक्षक संघ गुल्मीका संस्थापक अध्यक्ष थापाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

बीपी विचार समाजका जिल्ला अध्यक्ष थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्