०४ असार २०८३, बिहीबार

आँतको क्यान्सर पत्ता लगाउन चक्कीमा सानो क्यामरा राखेर निल्ने सुविधा

फागुन २२, २०७७
आँतको क्यान्सर पत्ता लगाउन चक्कीमा सानो क्यामरा राखेर निल्ने सुविधा

बेलायतको सरकारी स्वास्थ्य सेवा एनएचएसले रोगीहरूलाई घरैमा क्यान्सरको जाँच गर्नका लागि चक्कीमा सानो क्यामरा राखेर निल्ने सुविधा उपलब्ध गराएको छ । 

यो डिभाइसलाई पानीसँग निलेपछि यसले एक सेकेन्डको दुई तस्वीरका दरले खिच्दै हिँड्छ । 

यसले पेट र आँतको क्यान्सरका आरम्भिक लक्षणहरू पत्ता लगाउँछ अनि चिकित्सकहरूलाई आन्द्राका रोगहरू भेट्न पनि सहज पार्छ । 

त्यसले खिचेका तस्वीरहरू नितम्बमा बाँधिएका रेकर्डरमा पुग्नेछन् र चिकित्सकहरूलाई केही घन्टाभित्रै रोग पहिचान गर्न सहज बनाउनेछन् । 

यो द्रुत गतिको र सहज सुविधा भएको विज्ञहरूको कथन छ । पाँच सय पाउन्ड पर्ने यो किटले रोगीहरूलाई एन्डोस्कोपी वा कोलोनोस्कोपी जस्ता अप्ठ्यारा स्वास्थ्य जाँचबाट पनि मुक्ति दिनेछन् । 

यस प्रविधिले गर्दा कोभिड संक्रमण पनि फैलिन पाउँदैन किनकि रोगीहरू अस्पतालमा गएर कोलोनोस्कोपी गर्नका लागि मलद्वारमा ट्युब पसाइरहनु पनि पर्दैन, विज्ञहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्