२५ जेठ २०८३, सोमबार

आकस्मिक सेवासहित गैंडाकोट नगर अस्पताल सञ्चालन

फागुन २७, २०७७
आकस्मिक सेवासहित गैंडाकोट नगर अस्पताल सञ्चालन
प्रतिकात्मक तस्वीर

प्रस्तावित गैंडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान शुरूआत गरेको छ ।

नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैंडाकोट–११ भेडाबारीमा रहेको अस्पतालले बुधवारदेखि २ शय्याको आकस्मिक कक्षसहित सेवा शुरू गरेको हो । नगरपालिकाका जनस्वास्थ्य प्रमुख झलकराज पौडेलले अस्पतालको फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए ।

हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने सरकारी नीतिअनुरुप नगर अस्पतालमा २ आकस्मिक शय्या थप गर्दै १५ शय्याबाट बिरामीलाई सेवा प्रदान गरिएको उनले बताए । अस्पतालले सेवा विस्तार गरेसँगै २ चिकित्सक र २२ स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिने छन् ।

नगर प्रमुख छत्रराज पौडेलले गैंडाकोट नगर अस्पतालबाट जनस्वास्थ्य सेवाअन्तर्गत बालरोग, पोषण, महामारी नियन्त्रण व्यवस्थापन, खोपका कार्यक्रम, गाउँघर क्लिनिक लगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए ।

दुर्घटनाका घाइते बढी लाभान्वित हुने छन् । ‘पूर्वपश्चिम राजमार्गको यस क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘हामीले यहाँ प्राथमिक उपचार दिएर थप उपचारका लागि भरतपुर पठाउन सक्ने अवस्थामा पुगेका छौं । यसले दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि थप मद्दत पुग्छ ।’ 

नगर अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको छ । यस क्षेत्रमा राजमार्ग विस्तारको काम भइरहेकाले नगर अस्पतालबाट धेरैलाई लाभ पुग्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्