
पछिल्लो २४ घण्टामा देशभर थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ७१ हजार ११६ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ६६ संक्रमित निको भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।
बिहीवारको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म मृत्यु हुने कूल संख्या ३ हजार १२ रहेको मन्त्रालयले जनाएको छ ।