×

NMB BANK
NIC ASIA

जसपामा शक्ति आर्जनको राजनीति

उपेन्द्रलाई परास्त गर्ने 'महन्थ रणनीति' : दलको नेता सके आफैं बन्ने, नत्र तेस्रो व्यक्ति !

फागुन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय समाजवादी र राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको लामो समयपछि बल्ल संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढेको छ ।

Muktinath Bank

संसद्को चौथो ठूलो दल जसपा एकीकरणपछि पनि छुट्टाछुट्टै दलको हैसियतमा संसदमा अस्तित्वमै छ । यसबीचमा बिहीवार बसेको जसपा शीर्ष नेताहरूको बैठकले शुक्रवार दलको नेता तथा पदाधिकारीहरू चयन गर्ने निर्णय गरेको  छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतोको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष ठाकुरले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'संसदीय दलको विधान भोलि बस्ने दलको बैठकबाट पारित गरेर नेता चयन गर्ने निर्णय भएको छ,' जसपा अध्यक्ष ठाकुरले लोकान्तरसँग भने, 'सर्वसम्मत तरिकाले नेता तथा पदाधिकारी चयन गर्ने निर्णय भएको छ ।'

Vianet communication
Laxmi Bank

जसपा संसदीय दलको नेताका लागि महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य प्रतिस्पर्धामा छन् । यी दुईमध्ये कुनै एकजना नेता चयन हुने जसपाका एक सांसदले बताए ।

'साविकमा दुईवटा पार्टीको नेता भएका कारण अहिले एकीकृत जसपामा समेत दलको नेताका लागि दुवैजना अध्यक्षले दाबेदारी प्रस्तुत गर्नु स्वाभाविक हो,' ती सांसदले भने, 'दुईमध्ये एक जनालाई सर्वसम्मत तरिकाले पाँचै जना शीर्ष नेताले चयन गर्नुभयो भने हामी सांसदहरूका लागि पनि राम्रो हुनेछ ।'

सर्वसम्मत तरिकाले नेता चयन गर्ने निर्णय भए पनि तत्काल त्यो परिस्थिति नभएको पूर्व सपाका एक जना नेताले बताए ।

'उपेन्द्रजी नै संसदीय दलको नेतामा सर्वसम्मत तरिकाले चयन हुनुहोस् भन्ने हाम्रो चाहना हो,' ती नेताले भने, 'चुनाव गरेर नेता चयन गर्दा पार्टीमा विभाजनको असर पर्ने हुनाले सकेसम्म उपेन्द्रजीलाई नै सर्वसम्मत चयन गर्नुपर्ने हामीले चाहेका छौं ।'

यसअघि संसदीय दलको बैठक बस्दा ज्येष्ठ सदस्यको हैसियतले दलको बैठकको अध्यक्षता गरेका ठाकुर भने आफू नै सर्वसम्मत दलको नेता चुनिनेमा विश्वस्त देखिन्छन् ।

'हामीले त पहिले नै एनाउन्स गरिसकेका छौं,' ठाकुरले भने,'उम्मेद्वारीको के कुरा, सर्वसम्मत तरिकाले पार्टीको विधानअनुसार चयन हुन्छ ।'

जसपाको संसदीय दलमा ३४ जना सांसद छन् । जसमा साविकको राजपाका र सपका समान १७/१७ सांसद छन् । दुवै खेमाका एक/एक सांसद निलम्बित अवस्थामा छन् ।

ठाकुर आफैंले पनि सर्वसम्मत तरिकाले दलको नेता चयन हुने चाहना राखेका छन् । तर उपेन्द्र यादवले पनि सजिलै छाड्ने देखिन्न ।

चुनावमै जाने स्थिति आयो भने तेस्रो व्यक्तिलाई अगाडि सारेर भएपनि उपेन्द्रलाई पछि पार्ने महन्थको रणनीति रहेको स्रोतको दाबी छ ।

'३२ जना सांसदमध्ये २५ जना सांसद महन्थ ठाकुरको पक्षमा छन्,' ठाकुर निकट एक सांसदले भने, 'त्यसैले यदि चुनाव नै भयो र उपेन्द्रजीले पनि दाबेदारी प्रस्तुत गर्नुभयो भने ठाकुरजीले प्रतिस्पर्धा गर्नुहुन्न होला, राजेन्द्र महतोजीलाई उठाएर जिताउने बाटोमा लाग्ने सम्भावना देखिएको छ ।'

खास गरेर केपी ओली नेतृत्वको सरकारसँग सत्ता सहकार्य गर्ने वा कांग्रेस-माओवादी सहितको सहकार्यमा सरकारमा जाने विषयमा जसपाभित्र नेताहरू विभाजित देखिएका छन् ।

'हामीले कुन सरकारसँग सहकार्य गर्ने भन्दा पनि हाम्रो मुद्दाका लागि मात्र सहकार्य गर्न खोजेका छौं,' ठाकुरले लोकान्तरसँग भने, 'हाम्रा लागि ओली, प्रचण्ड, देउवामध्ये कोही पनि कम्फर्टेबल छैनन्, सबै उस्तै हुन् । रेशम चौधरीसहित अन्य मुद्दा जसले सम्बोधन गर्छ त्यसैसँग हाम्रो सहकार्य हुन्छ ।'

उनले थपे, 'पहिले जेलबाट नेताहरूको रिहाइ तथा मुद्दा फिर्ता होस् । त्यसपछि सरकारमा जाने वा नजाने विषयमा पार्टीले निर्णय गर्छ ।'

तर उपेन्द्र यादवले भने ओली नेतृत्वको सरकार सँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने सार्वजनिक रूपमै बताइसकेका छन् ।

सत्ता सहकार्यका विषयमा पूर्व राजपा र पूर्व सपाको फरक-फरक विचार देखिएका कारण पार्टी एकढिक्का नरहन पनि सक्ने आशंका छ ।

'पार्टी विभाजनभन्दा पनि अल्पमत र बहुमतको आधारमा निर्णय हुनेछ,' जसपाका एक नेताले भने, 'त्यस्तो अवस्था आउने स्थिति पैदा भए पनि पार्टी विभाजन गर्नका लागि चाहिने गणित उपेन्द्र यादवसँग छैन, त्यसैले पार्टीभित्र नै बसेर आफू बलियो बन्नेतिर लाग्नुहुन्छ होला ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x