
हरेक वर्ष महाशिवरात्रिका दिनमा पर्ने नेपाली सेना दिवसका अवसरमा केवलजङ्ग गुल्मले मोदीवेणीमा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ ।
परिवार छाडेर वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई बेला बेलामा खाद्यान्न सङ्कट हुने गरेको छ । खाद्यान्न सङ्कट पर्न नदिन दिवसको अवसरमा वृद्धाश्रममा रहेका १२ ज्येष्ठ नागरिकका लागि चामल, दाल, तेल, चिनी, नुन, बिस्कुटलगायतका खाद्यान्न वितरण गरिएको गुल्मपति सेनानी रमेश थापाले जानकारी दिए ।