२३ जेठ २०८३, शनिबार

दुर्घटनाका घाइते ५ जनाको हेलिकप्टरबाट उद्धार

फागुन २७, २०७७
दुर्घटनाका घाइते ५ जनाको हेलिकप्टरबाट उद्धार

बागलुङको तमानखोला गाउँपालिका–१ मा आज भएको पिकअप जीप दुर्घटनाका गम्भीर घाइते पाँचै जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको छ ।

    घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पहिरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जीप सोही वडाको महभीर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्