०५ असार २०८३, शुक्रबार

सत्तासहकार्यका लागि तीनवटै दलसँग छलफल गर्दै जसपा

फागुन २८, २०७७
सत्तासहकार्यका लागि तीनवटै दलसँग छलफल गर्दै जसपा

नेकपा एमाले र जसपाबीच सत्ता सहकार्यका लागि छलफल भइरहेको छ । तर, जसपा सचिवालयको बिहीबार बसेको बैठकले संसद्मा रहेका प्रमुख तीन दलसँग सत्तासहकार्यका लागि छलफल गर्ने निर्णय गरेको छ ।

जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने निर्णय गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टाईले बताए । बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको उनले बताए ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदारीका लागि जसपासँग औपचारिक आग्रह गरिसकेका छन् । जसपाले आफ्ना माग सम्बोधन भएपछि सत्ता सहकार्यका विषयमा छलफल गर्ने बताउँदै आएको छ । सरकार निर्माणका लागि निर्णायक रहेको कांग्रेसले स्पष्ट निर्णय गर्न नसक्दा अहिले जसपा सरकार निर्माणका लागि निर्णायक बनेको छ ।

यस्तै, पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक ५ चैतमा बस्ने निर्णय पनि भएको छ । जसपा सचिवालयमा संघीय परिषद् अध्यक्ष भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई रहेका छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्