१५ असार २०८३, सोमबार

पार्टीको नाम फेर्न चाहन्छन् प्रचण्ड, सुरु भयो छलफल

फागुन २८, २०७७
पार्टीको नाम फेर्न चाहन्छन् प्रचण्ड, सुरु भयो छलफल

नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्नका लागि छलफल थालेको पाइएको छ । एमालेसँग पार्टी एकतापछि नेकपा बनेसँगै माओवादी केन्द्र विघटन भएपनि सर्वोच्चले सोही पार्टी ब्यूँताइदिएको थियो । तर, अहिले फेरि माओवादी केन्द्रले पार्टीको नाम फेर्नेगरी छलफल थालेको हो ।

आज प्रकाशित नयाँ पत्रिका दैनिकले पनि सो पार्टीमा नाम फेर्नेबारे छलफल भएको समाचार छापेको छ । बुधबार सम्पन्न स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको, तर औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए ।

नेता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताए । नेता श्रेष्ठले भने, ‘पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेका छौँ ।’
बैठकमा प्रचण्डले पनि पार्टीको नाम फेर्न विभिन्न पक्षबाट सुझाव आएको  बताउँदै उपयुक्त समयमा नाम फेर्ने कुरा बैठकमा राखेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्