०४ असार २०८३, बिहीबार

सेती नदीले बगाएर १ जनाको मृत्यु

फागुन २८, २०७७
सेती नदीले बगाएर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा १ किलोमिटर पर भेटिएको थियो । नदीमा बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्