३० जेठ २०८३, शनिबार

ज्वानो मेथीको झोल, अनेकौं रोगको उपचार

फागुन २९, २०७७
ज्वानो मेथीको झोल, अनेकौं रोगको उपचार

मेथीको दाना र ज्वानो दुवै भान्सामा उपयोग गरिने प्रमुख मसला हुन् । यी दुवैले स्वास्थ्यमा दिने लाभ भरपूर छ । 

दुवैलाई एकै ठाउँमा मिसाएर उपयोग गर्दा झनै फाइदा हुन्छ । तर सही अनुपातमा मात्र यसको उपयोग गर्नुपर्ने हुन्छ । 

मोटोपन घटाउन वा तनाव हटाउन वा अपचको समस्या समाधान गर्न ज्वानो र मेथीको झोल पिउन थाल्नुस् । शरीरलाई स्वस्थ राख्नका लागि यो उम्दा डिटक्स ड्रिंक हो । 

यसले स्मरणशक्ति बढाउने तथा मानसिक रोगबाट मुक्ति दिने काम पनि गर्छ । 

ज्वानो मेथीमा शरीरको बोसो पगाल्ने गुण छ र यसले एक्स्ट्रा फ्याट सजिलै घटाउन मद्दत गर्छ । दिनदिनै यसको झोल पिउने गर्नुभयो भने तौल घट्छ । 

रगतमा चिनीको मात्रा घटाउन
मधुमेहको रोगीलाई ज्वानो र मेथीको पानी रामवाण उपचार हो । तपाईंको रगतमा चिनी मात्रा छिटोछिटो घटबढ हुन्छ भने ज्वानो मेथी अवश्य उपयोग गर्नुस् । यसले खराब कोलेस्ट्रोल घटाउँछ । 

अपचको समस्या हटाउने
बिहान उठेर खाली पेट ज्वानो र मेथीको पानी पिउँदा शरीरको स्ट्रेस हराउँछ । यसमा भएको फाइबर, म्याग्नेसियम र म्याग्निज जस्ता पोषक तत्त्वले कब्जियत, छाती पोल्ने र वाकवाक आउने समस्या हटाउँछ । राति ज्वानो मेथी भिजाएर भोलिपल्ट बिहान छानेर पिउनुस् । 

शरीरको इम्युनिटी बढाउन तथा चम्किलो छाला बनाउन पनि मेथी ज्वानो लाभदायक हुन्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्