बेलायतमा ब्याजर नामक पशुलाई मार्नका लागि अनुमति दिन लागिएको छ ।
सन् २०२२ सम्ममा यस्तो अनुमति दिन लागिएकाले पशुअधिकारवादी र वातावरणविद्हरूले यसको विरोध गरिरहेका छन् ।
ब्याजर्सलाई मार्ने लाइसेन्स नदिन उनीहरूले सरकारलाई आह्वान गरेका छन् ।
वाइल्डलाइफ ट्रस्टमा प्रकाशित एक रिपोर्टअनुसार, ब्याजरहरूलाई मार्नका लागि लाइसेन्स जारी गरिएमा चार वर्षसम्म वैध रहनेछ । अर्थात् चार वर्षसम्म उनीहरूलाई मार्न पाइनेछ ।
यसले १३ हजार ब्याजरहरू जोखिममा परेको बताइएको छ । अनावश्यक रूपमा ब्याजरहरूलाई मार्न नदिन पशुप्रेमीहरूले सरकारलाई आग्रह गरिरहेका छन् ।
ब्याजरहरूबाट बोभाइन ट्युबरक्युलोसिस फैलिने खतरा रहेकोले मार्न लागिएको सरकारको तर्क छ । तर खोप लगाउने हो भने ब्याजरबाट रोग सर्दैन भनी पशुअधिकारवादीहरू बताइरहेका छन् ।
ब्याजरको शरीर सानो र चौडा हुन्छ । यसका खुट्टा साना हुन्छन्, कान चाहिँ ठूला हुन्छन् ।
ब्याजरका कैयौं प्रजाति हुन्छन् ।
यिनीहरूलाई बचाउनका लागि युरोपका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।