०३ साउन २०८३, आइतबार

वर्ल्डकप क्वालिफायर : नेपाल समावेश समूहका बाँकी खेल कुवेतमा

फागुन २८, २०७७
वर्ल्डकप क्वालिफायर : नेपाल समावेश समूहका बाँकी खेल कुवेतमा

वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले खेल्ने भनिएको खेल कुवेतमा हुने भएको छ।

यसअघि नेपालमै आयोजना गर्ने तयारी गरिएको भए पनि एसियन फुटबल कन्फेडरेसनले शुक्रवार वक्तव्य जारी गर्दै नेपाल रहेको समूह 'बी'का सबै खेल कुवेतमा हुने जनाएको हो।

समूह 'बी'मा नेपालसहित अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन छन्। नेपालले यसअघि नै सबै ‘अवे गेम’हरु खेलिसकेको थियो। साथै दशरथ रंगशाला निर्माण सम्पन्न नभएको कारण एउटा होम गेम भुटानमा खेलिसकेको छ।

समुह बी मा रहेको नेपालले पाँच खेलबाट तीन अंक जोडेको छ। नेपालले ‘अवे गेम’मा चाइनिज ताइपेइलाई हराएको थियो भने बाँकी खेलमा पराजित भएको थियो। होम ग्राउन्डमा हुने खेल समेत अब कुवेतमा खेल्नेछ। एफसीले सबै खेललाई केन्द्रीकृत गर्दै समूहगत रुपमा खेल आयोजना गर्न लागेको हो।

नेपाल समावेश रहेको समूह बीका बाँकी सबै खेल अब कुवेतमा हुनेछन्। खेल मे ३१ देखि जुन १५ सम्म हुने छ। कतार वर्ल्डकप २०२२ र एएफसी एसियन कप चाइना २०२३ को छनोटका सबै छनोट खेल सोही मितिमा हुनेछन्।

salt training

कमेन्ट गर्नुहोस्