×

NMB BANK
NIC ASIA

संकटमा मुख्यमन्त्री भट्ट : मन्त्रिपरिषद् हेरफेरको गृहकार्य

फागुन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संकटमा छन् ।

Muktinath Bank

माधव नेपाल पक्षको साथले सुरक्षित बनेका भट्ट एमाले ब्युँतिएपछि सरकार जोगाउने कसरतमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसका लागि छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले शुक्रवार नै मन्त्रिमण्डल विस्तार हुन सक्ने बताए । 

Vianet communication
Laxmi Bank

‘मन्त्रिपरिषद् विस्तारका लागि छलफल जारी छ’, उनले भने, ‘शुक्रवार नै निर्णय हुन सक्छ, आज नभए केही दिन लाग्छ ।’

कुन–कुन मन्त्रालयमा कति संख्यामा मन्त्री थपिने भन्ने उनले खुलाएनन् ।

नेकपा एमालेका एक जना प्रदेश सभा सदस्यले भने, ‘अल्पमतमा परेका मुख्यमन्त्री अहिले अतालिएका छन्, उनले मन्त्रिपरिषद्को संख्या बढाउन खोजेका छन्, यसका लागि हाम्रो पार्टीका सांसदहरूलाई पनि अफर दिइरहेका छन्, तर त्यो गलत हो ।’

‘सरकार ढल्ने बेलामा मुख्यमन्त्रीले मन्त्रिपरिषद्को संख्या बढाउनु दुःखद् हो,’ उनले थपे, ‘शुक्रवार नै मन्त्रीमण्डल विस्तार गर्ने कुरा छ तर हाम्रो पार्टीले तत्काल सरकारमा नजान अन्य सांसदहरूलाई निर्देशन दिएको छ र अब अवस्था के हुन्छ हरौँ ।’

मुख्यमन्त्रीले रिक्त मन्त्रालयमा मन्त्री थप्ने मात्रै हैन मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्न खोजिरहेको चर्चा पनि चलेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री भट्टले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीसँग राजीनामा मागेका छन् । मन्त्री चौधरीले भने राजीनामा माग नभएको बताउँछिन् । 

‘मलाई कसैले पनि राजीनामा दिन भनेका छैनन्, ‘उनले भनिन्, ‘अहिले नै सरकार ढल्ने पनि हैन, केन्द्रीय सरकार कसरी अघि बढ्छ त्यसरी नै हामी पनि अगाडि बढ्छौ‌ं, अहिले राजीनामा दिन्न ।’

मुख्यमन्त्री भट्टले १४ पुसमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । त्यसको ७ दिनपछि २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्री झापट बोहरा आफैंले राजीनामा दिए । 

ती मन्त्रालय २ महिनाभन्दा लामो समयदेखि रिक्त छन् ।

अल्पमतमा मुख्यमन्त्री, एमालेले छाड्छ साथ ?

एमाले र माओवादी ब्युँतिएसँगै माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ ना सांसद छन् ।

तत्कालीन एमालेका २५ सांसदको समर्थनमा १४ जना सांसद रहेका माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए ।

दुई पार्टी विगतकै अवस्थामा फर्किएपछि मुख्यमन्त्री भट्टलाई विश्वास जोगाउन सकस परेको छ । 

एमालेले सरकार बनाउन खोजेमा जनता समाजवादी पार्टीको समर्थन लिनुपर्ने हुन्छ ।

एमालेले नेपाली कांग्रेससँग मिलेर पनि सरकार बनाउन सक्छ । अहिले एमाले नेताहरू केन्द्रको निर्देशन कुरिरहेका छन् ।

‘संघीय सरकार पनि एमाले र माओवादीको गठबन्धनमा बनेको हो,’ एमालेका एक सांसदले भने, ‘प्रदेशमा  पनि त्यही छ । अहिले नै अविश्वासको प्रस्ताव आउँछ वा समीकरण बदलिन्छ भन्न सकिँदैन । सरकार गठनको विषयमा केन्द्रीय नेतृत्वको कुनै निर्देशन आएको छैन, हामी निर्देशन कुर्छौं ।’

एमाले नेता कर्ण थापाले अबको केही दिनमै आधिकारिक निर्णय आउने बताए । ‘वर्तमान सरकार दोहोरिने सम्भावना छैन’, उनले भने, ‘नयाँ समीकरण बन्छ, हामीले गृहकार्य गर्दैछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x