
नेकपा एमालेले सात वटै प्रदेशको इन्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज तोक्ने निर्णय गरेको हो ।
जसअनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल र बागमती प्रदेशमा रामबहादुर थापा इन्चार्ज तोकिएका छन् ।
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पूर्व माओवादी खेमाका आएका बादल र भट्ट शुक्रवार मात्र एमालेको केन्द्रीय सदस्य मनोनयन भएका थिए । माधवकुमार पक्षका नेताहरु उपस्थित नभएको एमाले बैठकले पार्टीको दशौँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले माओवादीबाट आएका २३ नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरिएको छ ।