काठमाडौं, ९ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाका लागि साझा पार्टी समर्थित उम्मेदवार किशोर थापाले पनि १० मत कटाएका छन् ।
१० हजार १ सय ७४ मतसहित साझाको किशोर चौथो स्थानमा छन् । उनीभन्दा अगाडि विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु दर्शाना १३ ४ सय ९९ मतसहित तेस्रो स्थानमा छिन् ।
पछिल्लो मतपरिणामअनुसार एमालेका विद्यासुन्दर शाक्य ३६ हजार ३ सय ७० मतसहित अग्र स्थानमा छन् भने कांग्रेस उम्मेदवार राजुराज जोशी २६ हजार ७ सय ९ मतसहित शाक्यलाई पछ्याइरहेका छन् ।
अहिलेसम्म काठमाडौं महानगरपालिकाको १ लाख ९ हजार ८ सय ७४ मत गणना भइसकेको जनाइएको छ ।