०१ असार २०८३, सोमबार

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

फागुन २९, २०७७
एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरेको छ । बैठकले पार्टीको १० औँ महाधिवेशन २०७८ सालको २ देखि ६ मंसिरमा काठमाडाैंमा गर्ने निर्णय गरेको छ । बैठकले १०औं महाधिवेशन आयोजक कमिटीसमेत बनाएको छ ।

महाधिवेशनका लागि बैठकले पार्टीको विधान पनि संशोधन गरेको छ । बैठकले ७ चैतमा अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्