![काठमाडौंका एक दर्जनभन्दा बढी स्थानमा आज हुन्छ ६ घन्टा लोडशेडिङ ! [तालिकासहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/LoadShedding.png)
काठमाडौं उपत्यकाका एक दर्जनभन्दा बढी स्थानमा शनिवार विद्युत आपूर्ति रोकिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा मर्मत सम्भारको काम गर्नका लागि विद्युत कटौती गरिने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार शनिवार काठमाडौंको साँखु फिडरअन्तर्गतका माया पाटी, ब्रम्हखेल, इन्द्रायेनी, साँखु लगायतका स्थानमा शनिवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति रोकिनेछ ।
यस्तै चुनिखेल फीडरअन्तर्गतका भंगाल, गाम्चा, सापाटार, टुपेक, बाँस्बारी लगायतका स्थानहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिद्युत प्रवाह रोकिनेछ ।