कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीकी १७ वर्षीया निरुता भण्डाराका दुवै खुट्टा छैनन् । अपाङ्गता भएर पनि उनी अहिले मज्जाले हिँडडुल मात्र गर्दिनन्, घरको सबै काम पनि गर्छिन् ।
साँडेपानीमै रहेको दशरथ माविमा १० कक्षामा अध्ययनरत उनी सुनौलो भविष्यको पर्खाइमा सक्दो मेहनत गर्दैछिन् ।
जन्मेको ५ महिनामा उनका खुट्टा आगोमा जले । ‘मलाई त सम्झना छैन,’ उनले भनिन्, ‘मलाई ५ महिना मात्र भएको थियो रे ! आँगनमा खेल्दै रहेछु, खेल्दाखेल्दै आगोमा जल्न पुगें । म सानो हुँदा हात खुट्टाले हिँड्थे, यताउता हिँडडुल गर्न निकै गाह्रो हुन्थ्यो मलाई ।’
निरुताकी हजुरआमा पानकलाले भनिन्, ‘५ महिलाकी मात्रै थिई, खाटमा राखेको थिएँ, छेउमै आगोको चुलो थियो । खै कसरी त्यसमै खसी ? दुवै खुट्टा जले ।’
उनका हजुरबुवालाई त्यो घटना ताजै लाग्छ । उनी भन्छन्, ‘नातिनी आगोमा जलेपछि उपचारका लागि २ महिना सेती अस्पतालमा बिताएँ । डाक्टरले औषधि उपचार गरेर मल्हम दिनुभयो । तर औषधि उपचार र मल्हमले केही फरक नपारेपछि फेरि हामी अस्पताल गयौं । नातिनीको खुट्टाको हड्डी जलेर कोइला भइसकेको रहेछ, उपचार सम्भव नभएपछि डाक्टरकै सल्लाहमा नातिनीका खुट्टा काट्यौं ।’
यति सुनेपछि हजुरबुवाको छेउमै रहेकी निरुताका आँखा रसाए । ‘५ महिनाको उमेरमै खुट्टा गुमाएकी म हिडडुल गर्न कसरी सक्थे र ?’ टिलपिल आँसु पुछ्दै उनले भनिन्, ‘बचेको खुट्टा पनि काट्नु परेपछि निकै पीडा खेप्नुपर्यो । खुट्टा काटेपछि मैले झन् पीडा खेप्दै घुँडाको सहायताले नै अलिअलि गरेर हिँड्न सिकें ।’
समय बित्दै गयो । निरुता पनि स्कूल जाने उमेरकी भइन् । ‘स्कूल जान पनि निकै गाह्रो हुन्थ्यो मलाई,’ उनले भनिन्, ‘मैले अहिले त नक्कली खुट्टा हालेको छु र केही सजिलो भएको छ । त्यतिखेर त थिएन । साथीहरू सबै स्कूल पुगिसक्थे, म भने घुँडाकै सहायताले स्कूल जान्थें, त्यसरी जाँदा सधैं ढिला हुन्थ्यो ।’
निरुतालाई १० वर्ष हुँदा उनका बुवाको सवारी दुर्घटनामा मृत्यु भयो । परिवारको खम्बा नै ढलेपछि उनको परिवारमा झन् बज्रपात पर्यो ।
हाल निरुता प्लास्टिकको खुट्टाको सहायताले हिँडडुल गरिरहेकी छन् । ‘मलाई अहिले निकै सहज भएको छ,’ उनले भनिन्, ‘पहिला धेरै दुःख भोग्नुपर्यो । अहिले त मलाई म अपाङ्ग हुँ जस्तो लाग्दैन । मैले घरको सबै काम पनि गरिरहेकी छु । मैले खुट्टा गुमाएकी हुँ, साहस गुमाएकी छैन ।’
१० कक्षामा अध्ययन गरिरहेकी उनले अझै आफ्नो लक्ष्य तय गर्न सकेकी छैनन् । अहिले उनलाई धेरै पढेर ठूलो मान्छे बन्ने रहर मात्र छ । कस्तो ठूलो मान्छे हो ? उनलाई थाह छैन ।
‘धेरै समस्या र चुनौतीका बीच यहाँसम्म पुगें, अझै मेहनतका साथ धेरै पढ्छु,’ उनले भनिन्, ‘मैले अपाङ्ग जीवन बिताइरहँदा दुःख पाएको मेरो परिवारमा खुशी फर्काउनु छ । म पढाइमा सफल भए जागिर कसो नमिल्ला र ? सक्दो मेहनत गर्छु ।’
सुनौलो भविष्यको पर्खाइमा रहेकी निरुता भन्छिन्, ‘गन्तव्य भेटिन्छ पक्कै बाटो समातेपछि, अँध्यारो हराउँछ यसै उज्यालो पाटो समातेपछि, सपनाको होइन यहाँ बिपनाको खेती गर्नु छ, जरा आफैंले टेकेर उभिन सक्छ माटो समातेपछि ।’
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...