
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको टिप्पणी गरेका छन् ।
उनले आफ्नो पार्टी देशको नेतृत्व आफैं गर्ने शक्ति भएको बताउँदै उनले यस्तो बताएका हुन् ।
शनिवार राति ट्वीट गर्दै डा. भट्टराईले जसपा तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी नभएको समेत बताएका छन् ।
उनले भनेका छन्,बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।
उनले गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता नगर्ने पार्टी जसपा नै भएको दावी गरेका छन् ।
यस्तो छ उनको ट्वीट
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
— Baburam Bhattarai (@brb1954) March 13, 2021