०७ असार २०८३, आइतबार

शर्ली एब्दो पत्रिकाको कार्टूनले निम्त्यायो विवाद

चैत १, २०७७
शर्ली एब्दो पत्रिकाको कार्टूनले निम्त्यायो विवाद

बेलायतकी रानी एलिजाबेथले मेगन मर्कलको घाँटीमा घुँडाले थिचेको देखाइएको फ्रान्सको व्यंग्य पत्रिका शर्ली एब्दोले छापेको एक कार्टूनले विवाद निम्त्याएको छ । 

अमेरिकामा प्रहरी अधिकारीले घाँटी थिचेर मारेका काला जातिका जर्ज फ्लोयडसँग यसलाई तुलना गरिएको छ । 

यसअघि पैगम्बर मोहम्मदको कार्टून बनाएर विवाद खेपेको शर्ली एब्दोले बेलायती राजकुमार ह्यारी तथा उनकी पत्नी मेगनको बहुचर्चित अन्तर्वार्तापछि यस्तो कार्टून छापेको हो । उनीहरूले आफूमाथि राजपरिवारले जातिविभेद गरेको आरोप लगाएका थिए । 

पत्रिकाको पहिलो पृष्ठमा कार्टून छापिएको छ र त्यसको शीर्षक यसप्रकार छ : ‘किन मेगनले छोडिन् बकिंघम ?’

रानीले डचेज मेगनको घाँटीमा घुँडाले थिचेको देखिन्छ अनि मेगनले उत्तर दिएको छापिएको छ, ‘किनभने मैले सास फेर्नै सकिनँ ।’

ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तामा ह्यारी र मेगनले राजपरिवारमा जातिविभेदको अनुभव गरेको बताएका थिए । अनि मेगनले आत्महत्या गर्न मन लागेको पनि भनेकी थिइन् । 

सामाजिक सञ्जालमा सर्वसाधारण तथा अभियन्ताहरूले यो कार्टून गलत तथा घृणास्पद रहेको भनी टिप्पणी गरेका छन् । 

जर्ज फ्लोयडलाई यस कार्टूनले अपमान गरेको धेरैको टिप्पणी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्