०२ साउन २०८३, शनिबार

वुहानको प्रयोगशालाबाट भाइरस नफैलिएको दाबी सहितको प्रतिवेदन सार्वजनिक गरिँदै

चैत १, २०७७
वुहानको प्रयोगशालाबाट भाइरस नफैलिएको दाबी सहितको प्रतिवेदन सार्वजनिक गरिँदै

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारी गोप्य चिनियाँ प्रयोगशालाबाट फैलिएको भन्ने दाबीलाई खण्डन गर्दै एक प्रतिवेदन सार्वजनिक गर्न लागेको छ । 
 

पशुबजारबाट चाहिँ भाइरस फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको बुझिएको छ । 

बहुप्रतीक्षित प्रतिवेदनमा यो रोग वुहानको हुआनान सीफूड मार्केटमा जीवित पशु वा फ्रोजन मासुमार्फत आएको विज्ञहरूको भनाइ रहेको उल्लेख गरिएको छ । 

पश्चिममा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले कोभिड–१९ बोकेका चमेरोको अध्ययन गरेको भन्ने आशंका व्यक्त गरिँदा विश्व स्वास्थ्य संगठनको यस्तो प्रतिवेदनले पक्कै विवाद निम्त्याउने देखिन्छ । 

अनुसन्धान टोलीका वरिष्ठ अधिकारीहरूले यस प्रतिवेदनमा फ्रोजन फूड थ्योरी नै महामारीको उत्पत्तिको सबभन्दा सही व्याख्या भएको कुरा लेखेको बताइएको छ । 

गत साता बेलायती थिंकट्यांक च्याटम हाउसले आयोजना गरेको एक सम्मेलनमा बोल्दै चीन गएको टोलीका सदस्य डा पिटर दास्जाकले वुहानको बजार तथा दक्षिण चीनका विभिन्न क्षेत्रबीच सम्बन्ध रहेको बताए । ती क्षेत्रका कोरोनाभाइरस बोक्ने चमेराहरू पाइन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्