०४ साउन २०८३, सोमबार

चन्द्रागिरी र घलेम्दीको शेयर मूल्यमा उच्च वृद्धि, नेप्सेमा भने ४३ अंकको गिरावट

चन्द्रागिरी र घलेम्दीको शेयर मूल्यमा उच्च वृद्धि, नेप्सेमा भने ४३ अंकको गिरावट

साताको पहिलो दिन आइतवार कारोबारको शुरुवाती समयमै चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । 

कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले बढ्दै ८ सय ८४ रुपैयाँ पुगेको छ । आइतवार हालसम्ममा यस कम्पनीको शेयर मूल्य ८० रुपैयाँले बढेको हो । 

यस्तै, घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य पनि आइतवार सर्किट लेभलमा पुगेको छ । 

कम्पनीको शेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार अहिले कम्पनीको शेयर मूल्य १४ रुपैयाँले बढी १ सय ५८ रुपैयाँ पुगेको छ । 

समाचार तयार पार्दासम्म शेयर बजार ४३.१३ अंकले घट्दै २४१५.३५ विन्दुमा झरेको छ । 

यस दिन कारोबारमा २ सय ५ कम्पनी आएका छन् । यी कम्पनीहरूले अहिलेसम्म २ अर्ब ३२ करोड ९३ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार गरेका छन् । 

लगानीकर्ता होटल तथा पर्यटन र जलविद्युत समूहतर्फ लाग्दा अन्य समूहहरू राताम्मे भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्