२३ असार २०८३, मंगलबार

वातावरण संरक्षणका लागि नग्न भएर निकालियो साइकल र्‍याली

चैत १, २०७७
वातावरण संरक्षणका लागि नग्न भएर निकालियो साइकल र्‍याली

दक्षिण अफ्रिकाको केप टाउनमा सयौं मानिसले पूर्णनग्न भएर साइकल र्‍याली निकालेका छन् । 

उनीहरूले जीवाष्म इन्धन (पेट्रोल, डीजल) को उपयोगको विरोध गर्न र सुरक्षित रूपमा साइकल चलाउनका लागि प्रोत्साहन गर्न यस्तो र्‍याली आयोजना गरेका हुन् । 

यस्तो किसिमको वर्ल्ड नेकेड बाइक राइड आयोजन गर्न थालिएको १८ वर्ष भएको छ । 

पुरुष र महिला दुवैले शरीरमा एकधरो पनि कपडा नलगाई शहरका सडकमा साइकल चलाएका थिए । 

कुनै लुगा नलगाएपनि कोरोनाबाट बच्न केहीले मास्क भने लगाएका थिए । 

अन्य केहीले चाहिँ शरीरमा चम्किलो वस्तु र नारा पोतेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्