१० साउन २०८३, आइतबार

अमेरिकाको राष्ट्रपति पदका लागि लड्ने सोचमा मेगन मार्कल

चैत १, २०७७
अमेरिकाको राष्ट्रपति पदका लागि लड्ने सोचमा मेगन मार्कल

बेलायतका राजकुमार ह्यारीकी पत्नी मेगन मार्कलले राजनीतिक करीयर शुरू गरी राष्ट्रपति पदका लागि लड्ने सोच बनाएको एक बेलायती नेताले बताएका छन् । 
 

ओपरा विन्फ्रेसँगको विस्फोटक अन्तर्वार्तामा बेलायती राजपरिवारका बारेमा सनसनीखेज खुलासा गर्दै चर्चा कमाएकी मेगन अमेरिकी राष्ट्रपति बन्ने सोचमा रहेको बेलायती पत्रिका द डेली मेलले लेबर पार्टीका एक नेतालाई उद्धृत गर्दै खबर दिएको छ । 
 

मेगनले डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरूसँग सम्पर्क बढाएको र अमेरिकी राष्ट्रपति पदका लागि लड्न खोजेको डेली मेलको स्रोतको दाबी छ । 

टोनी ब्लेयरवादी, अन्तर्राष्ट्रियतावादी र डेमोक्रेटिक पार्टीका सञ्जालहरूले मेगनको राजनीतिक महत्त्वाकांक्षा तथा सम्भावित समर्थकहरूको विषयमा कुरा गरिरहेका छन्,’ स्रोतले भन्यो । 

उनी सन् २०२४ मा राष्ट्रपति पदका लागि लड्न खोजिरहेको ती स्रोतको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्