
अखेटोपहारसहित दाङको घोराहीबाट १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धित जरायोको सिंग ५ वटासहित दाङको घोराही उपमहानगरपालिका– ४ पृथ्वीनगर टोलबाट सोही ठाउँकी सीता चौधरीलाई आइतबार बिहान ८ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय पठाउन लागेको प्रहरीले जनाएको छ ।