काठमाडौं, ९ जेठ - भरतपुर महानगरपालिका चिवतनमा एमाले उम्मेदवार देवी ज्ञवालीले माओवादी उम्मेदवार रेणु दाहाल माथि फराकिलो मत अन्तर बनाएका छन् । हाल सम्मको अवस्थामा उनले २५ हजार ४ सय ९३ मत ल्याएका छन् । रेणुले चाहिँ २१ हजार ८ सय ४७ मत ल्याएकी छन् । नेपाली कांग्रेसले भोट काटेका कारण रेणु पछि परेको हुन सक्ने नेताहरुको अनुमान छ । रेणु नेपालगञ्जमा माओवादी र कांग्रेसको तर्फबाट साझा उम्मेदवार थिइन् ।