
चालु आर्थिक वर्षको रातो किताबमै विनियोजित योजना अधुरै रहेका बेला सुदूरपश्चिमको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले हालै करिब ८५ वटा नयाँ योजना सिर्जना गररे १६ करोडभन्दा बढी रकम बाँडेको पाइएको छ । सिंचाइ, पूर्वाधार विकास, खानेपानी र सहरी विकासका योजना थप गररे दार्चुलाबाहेक सबै जिल्लामा रकम बाँडिएको छ । सबैभन्दा धेरै योजना सिंचाइतर्फ बनाइएको छ । सिंचाइमा ६२ वटा नयाँ योजनामा करिब १२ करोड विनियोजन गरिएको छ । कान्तिपुरमा खबर छ।