२२ जेठ २०८३, शुक्रबार

सामान्य फेरीलाई विलासी डुंगा बनाए यी व्यक्तिले, मूल्य करोडौंमा

कात्तिक १, २०७८
सामान्य फेरीलाई विलासी डुंगा बनाए यी व्यक्तिले, मूल्य करोडौंमा

हङकङमा एक व्यक्तिले यात्रुवाहक फेरी डुंगालाई विलासी जहाज बनाएका छन् । त्यो विलासी डुंगा समुद्रमा तैरिने होटल जस्तो देखिन्छ । 

यो १५४ फीटको फेरी बोटलाई गोल्डन स्टार भनी चिनिन्थ्यो । तर आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक व्यक्तिले यसलाई आमूल परिवर्तन गरे । 

सन् २०११ मा यस फेरीलाई बिक्री गरिएको थियो । त्यसपछि ती व्यक्तिले यसलाई विलासी डुंगा बनाए । 

यसमा चारवटा कोठा छन् । एउटा फिल्म थिएटर पनि छ । फर्मल डाइनिङ रूम पनि छ । रूफटप स्पटमा सनबाथिङ पनि छ । यसमा सोलर प्यानल लगाइएको छ । यसभित्र हङकङकै सबभन्दा ठूलो सोफा राखिएको छ । 
 

डुंगाभरि एसी लगाइएको छ । वर्किङ स्पेस पनि बनाइएको छ । त्यहाँ बसेर समुद्रको दृश्यपान गर्न सकिन्छ । एउटा भान्सा पनि र चारैतिर झ्यालहरू छन् । 

यसलाई यस किसिमले सजाउनका लागि १८ महिना लागेको थियो । यसको नाम डीओटी राखिएको छ । 
 

ओसनइन्डिपेन्डेन्स पत्रिकाका अनुसार, यो विलासी डुंगा अब बिक्नका लागि तयार छ । यसको मूल्य लगभग ३१ करोड राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्