११ असार २०८३, बिहीबार

ओली पक्षले भन्यो – कार्यकर्ता भेलाले एकतालाई बल पुर्‍याउँदैन, दूरी बढाउँछ

ओली पक्षले भन्यो – कार्यकर्ता भेलाले एकतालाई बल पुर्‍याउँदैन, दूरी बढाउँछ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षले चैत्र ४ र ५ गते गर्न लागेको कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेका छन् ।

कार्यकर्ता भेलाले पार्टी एकतालाई बल पुर्‍याउनेभन्दा दूरी बढाउने ओली पक्षको भनाइ छ । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार बसेको एमालेको दुवै पक्षका नेताको बैठकमा ओलीले कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेका हुन् ।

फागुन २८ गते ओलीले एकतर्फी ढंगले नेताहरूको कार्यविभाजन गरेको भन्दै नेपाल पक्षले कार्यकर्ता भेला बोलाएको थियो । 

नेता नेपालले भने कार्यकर्ता भेला स्थगित गर्न फागुन २८ गतेको निर्णय स्थगत गर्नुपर्ने अडान राखेको छ । 

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरिएको जानकारी दिए । ‘चैत्र ४ र ५ गते आयोजना गरिएको कार्यकर्ता भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन, दूरी बढाउँछ, स्थगन गर्नुस् भन्यौं,’ ज्ञवालीले भने । 

नेपाल पक्षीय नेता भीम रावलले २८ गतेका निर्णय स्थगित गर्न ओली सहमत नभएकाले बैठक सहमतिमा पुग्न नसकेको बताए । 

बैठकमा ओलीले २८ गतेको निर्णय आगामी बैठकमा छलफल गर्न सकिने बताएका थिए । ‘फागुन २८ गतेको निर्णय अर्को बैठकमा छलफल गर्न सकिन्छ, यसैलाई प्रतिष्ठाको विषय नबनाऊ भनेर अध्यक्षज्यूले भन्नुभएको छ,’ ज्ञवालीले भने । 

salt training

कमेन्ट गर्नुहोस्