
स्विडेनस्थित एक अनुसन्धान संस्थाले विगत पाँच वर्षमा हतियार निर्यातमा अमेरिकाले विश्वमा ३७ प्रतिशत भाग ओगटेको तथ्य सार्वजनिक गरेको छ ।
अमेरिका, फ्रान्स र जर्मनीले विश्वभरि गर्ने निर्यात बढेको छ भने रुस र चीनको निर्यात घटेको छ ।
शीतयुद्धपछि आयात र निर्यात उच्चतम स्तर नजिक छन् । तर कोरोना महामारीको प्रभावका कारणमा यसमा परिवर्तन हुने देखिएको छ ।
आयात चाहिँ पश्चिम एसियाका मुलुकहरूले अत्यधिक मात्रामा गर्ने गरेका छन् ।
स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटमा वरिष्ठ अनुसन्धाता पिटर वेजमन भन्छन्, ‘हतियार बिक्रीमा विगत दुई दशकमा भएको वृद्धि समाप्त भएको भन्नु हतारो हुन्छ ।’
‘
कोभिड–१९ महामारीको आर्थिक असरले गर्दा केही देश हतियार आयातको समीक्षा गर्न सक्छन् । तर सन् २०२० मा महामारी चल्दा पनि कैयौं देशले हतियारका ठूलै सम्झौता गरेका थिए ।
अमेरिकाबाट ४७ प्रतिशत हतियार पश्चिम एसियाका मुलुकहरूले किन्ने गरेका छन् । साउदी अरब एक्लैले २४ प्रतिशत अमेरिकी हतियार किन्ने गरेको छ ।
अमेरिकाले अहिले ९६ देशलाई हतियार बेचिरहेको छ र विगत पाँच वर्षमा कुल विश्व प्रतिशत बढाएको छ ।
फ्रान्सको हतियार निर्यात ४४ प्रतिशत अनि जर्मनीको २१ प्रतिशतसम्मले बढेको छ ।
इजरायल र दक्षिण कोरियाले निर्यात तीव्र गतिमा बढाएका छन् तर निर्यातको सवालमा उनीहरू फुच्चे नै छन् ।
भारत, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र पाकिस्तान एसिया–प्रशान्त क्षेत्रमा सबभन्दा धेरै हतियार निर्यात गर्ने मुलुक हुन् ।
रुस र चीन दुवैको हतियार निर्यातमा गिरावट देखिएको छ । तर सबसहारा अफ्रिकामा उनीहरू नै सबभन्दा ठूला सप्लायर हुन् ।