१७ असार २०८३, बुधबार

१३ जिल्लाको भौतिक निर्माणको सरकार जिम्मा लिने

१३ जिल्लाको भौतिक निर्माणको सरकार जिम्मा लिने

वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले प्रदेशको १३ वटै जिल्लाको जनताको लागि भौतिक पूर्वाधारको निर्माण गर्ने, रोजगारको अवसर जुटाउने तथा सुविधायुक्त शहरीकरण गर्ने जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको बताए ।

मन्त्री फुयाँलले आज उहाँकै कार्यकक्षमा रासससँग संक्षिप्त कुराकानी गर्दै प्रदेशको राजधानी हेटौँडालाई मात्रै आधुनिक सुविधायुक्त शहर बनाउने र सबै योजना एकै ठाउँमा केन्द्रित गर्ने सरकारको उद्देश्य नरहेको स्पष्ट पारे ।

उनले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित अन्य १० वटा जिल्लामा सडक सञ्जाल जोड्ने क्रममा आगामी वैशाखसम्ममा पुष्पलाल चक्रपथ सडकको निर्माण कार्य प्रारम्भ हुने जानकारी दिए ।

मन्त्री फुयाँलले सरकारले चालू आवको बजेट र नीति कार्यक्रममा ल्याइएको शीतभण्डार भवनको निर्माण र पशुपालन गर्ने कृषकलाई प्रोत्साहनस्वरुप दुग्ध सहकारी संस्थामार्फत प्रतिलिटर जनही रु दुई अनुदान दिने क्रममा हालसम्म रु साढे आठ करोड अनुदान रकम वितरण गरिएको बताए ।

मन्त्री फुयाँलले सङ्घीय राजधानी काठमाडौँलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सुरुङमार्गको निर्माणको लागि प्रदेश सरकारले अहिले आन्तरिक गृहकार्य सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए ।

उनले एक प्रश्नको उत्तरमा अमेरिकन सरकारको सहयोगमा निर्मित रहेको नेपालको एक मात्र पुरानो बन्द रहेको रोपवेलाई पुनः सञ्चालनमा ल्याउन सकिने सम्भाव्यता अध्ययनको लागि प्राविधिक टोली खटाइएको र सो टोलीको प्रतिवेदनअनुसार आधुनिक प्रविधिबाट आगामी आव २०७७÷७८ भित्र सञ्चालनमा ल्याउनेतर्फ सरकारले सोच बनाएको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्