१२ साउन २०८३, मंगलबार

माधव नेपालले गरे आफू निकटलाई ओलीसँगको भेटबारे ब्रिफिङ

माधव नेपालले गरे आफू निकटलाई ओलीसँगको भेटबारे ब्रिफिङ

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओली समूहसँगको वार्तामा भएका विषयबारे आफ्ना कार्यकर्तालाई जानकारी गराएको छ ।
पार्टी कार्यालय धुमबाराहीमा सोमबार दिउँसो अध्यक्ष ओली पक्षसँग वार्ता गरेपछि नयाँबानेश्‍वरमा नेता नेपाल पक्षले आफ्ना समुहका कार्यकर्तासँग बैठक गरेको थियो । बैठकमा धुम्बाराही वार्तामा भएका कुराबारे कार्यकर्तालाई जानकारी दिइएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने, “बैठक करिब २ घण्टा चल्यो । बैठकमा पार्टीलाई कसरी एकतावद्ध र सुदृढ गरेर लैजाने भन्ने बारे छलफल भयो । अदालतले जेठ २ भन्दा अगाडि पार्टी एकीकरण पूर्वको अवस्थामा पुर्याएको छ । त्यही विन्दुबाट नै पार्टी अब अगाडि बढ्नुपर्छ । २३ गते यताका सम्पूर्ण काम कारवाहीहरु शून्यमा झार्नुपर्छ र त्यसबाट मात्रै पार्टी एकताको स्प्रीड अघि बढ्छ भनेर हामीले भन्यौ । खासगरी २८ गतेको बैठक बैठक नै होइन भनेर हामीले राख्यौँ । 

बैठकको निर्णय त बैठकले मात्रै रद्द गर्न सक्छ भन्ने पनि कुरा आयो । हामीले यो प्रस्ताव अमान्य छ भन्यौ । बैठक गम्भीरतापूर्वक भयो तर कुरो मिलेन भनेर हामी निस्क्यौँ । त्यही बारे हामीले आज जानकारी गराएको हो । ”
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल पक्ष र ओली पक्षबीच संवाद भएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्