०६ असार २०८३, शनिबार

बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई कैद सजाय

बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई कैद सजाय

सुर्खेत जिल्ला अदालतले बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई उल्टै कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएर बयान बदल्ने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई आज तीन वर्ष छ महिना कैद सजाय सुनाएको हो ।

अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाका अनुसार झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई उल्टै इजलासले कैद सजाय तोकेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै ती महिलाले गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पुर्पक्षका लागि थुनामा रहेका शर्मालाई अदालतले निर्दोष ठहर गरेको छ । अदालतले सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्