१२ असार २०८३, शुक्रबार

बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपालमा

बहराइनका राजपरिवारका सदस्यसहितको टोली नेपालमा


सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेको छ ।
    
बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत आज काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । उक्त टोली साँझ ७ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ । त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सगरमाथा आधारशिविर जाने कार्यतालिका छ ।

यसअघि आज बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै उक्त टोली त्यहाँको समयानुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल प्रस्थान गरेको जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्