पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव कुमार नेपालको गुट भेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने रणनीति स्पष्ट भएको बताएका छन् ।
मंगलवार एक ट्वीट गर्दै बाँस्कोटाले नेपाल समूहले संसदमा कारबाही भोग्नुपर्ने समेत बताएका छन् ।
उनले भनेका छन्, '१०-२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लने ।'
उनले नेपाल समूह नेकपा माओवादी केन्द्रमा विलिन हुने समेत टिप्पणी गरे । उनले भने, 'चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने। स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन् । नत्र ४ गतेकाे भेला किन ?'
माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने,संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कार्वाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने।स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन।नत्र ४ गतेकाे भेला किन?
— Gokul Prasad Baskota (@GokulPBaskota) March 16, 2021