१२ असार २०८३, शुक्रबार

मोटरसाइकल जलाउने पक्राउ

चैत ३, २०७७
मोटरसाइकल जलाउने पक्राउ

मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा  सर्लाहीको  बयलबासबाट  एक  किशोर  पक्राउ  परेका छन् । पक्राउ     पर्नेमा     ईश्वरपुर     नगरपालिका–६,     बयलबासका  १६  वर्षीय  ऐसान  अन्सारी  रहेको  प्रहरीले  जनाएको छ ।
शुक्रबार राति स्थानीय मुस्तुफा अन्सारीको प्रदेश  २–०३–०१२  प  २६०३  नम्बरको  २२०  सीसीको  पल्सर  मोटरसाइकल  घरबाटै  हराएको  थियो  ।  प्रहरीले  खोजी  गर्ने  क्रममा  उक्त  मोटरसाइकल  शनिबार  बिहान  घर नजिकैको नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा जलेको अवस्थामा फेला परेको थियो ।

घटनाबारे  अनुसन्धान  गर्दै  जाँदा  सो  घटनामा  मुस्तुफाकै  काकाका  छोरा  ऐसानको  संलग्नता  देखिएको  इलाका  प्रहरी  कार्यालय  केशरगञ्जका  प्रहरी  निरीक्षक  वीरेन्द्र गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्