०५ असार २०८३, शुक्रबार

सहकारीबाट पूर्वउपराष्ट्रपति परमानन्द झालगायत ‘भीआईपी’ ठगिए

चैत ३, २०७७
सहकारीबाट पूर्वउपराष्ट्रपति परमानन्द झालगायत  ‘भीआईपी’ ठगिए

सर्वसाधारण नागरिक सहकारी संस्थाबाट ठगिएका घटना त हामीले बारम्बार सुन्दै आएका छौं । पछिल्लो समय भने सहकारीबाट राज्यका उच्चपदस्थ कर्मचारी पनि ठगिन थालेका छन् ।
राजधानीको धुम्बाराहीस्थित आनन्दनगर बचत तथा ऋण सहकारी संस्थामा उच्च राजनीतिज्ञ, कर्मचारीका साथै निम्न आय भएका सर्वसाधारण गरी १६ सयभन्दा बढी सदस्यको करिब ५० करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । ०६५ सालदेखि सुरु भएको संस्थामा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीलगायतका उच्चपदस्थ व्यक्तिहरुले बचत गरेका थिए । उच्चपदस्थ व्यक्ति सदस्य भएपछि संस्थामा न्यून आयस्तरका सर्वसाधारणले पनि बचत जम्मा गर्न थाले । तर, संस्थाको रकम सञ्चालकहरू र कर्मचारीले नै हिनामिना गरेपछि संस्था सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ ।

संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुले अधिकांश रकम हिनामिना गरेको भेटिएको संस्थाका सल्लाहकार हेमन्त दाहालले जानकारी दिए । ‘बचतकर्ताको ५० करोड दायित्वमध्ये १५ प्रतिशतमात्र ऋण लगानी भएको छ,’ उनले भने, ‘अधिकांश रकम सञ्चालकहरु र व्यवस्थापकको मिलेमतोमा दुरुपयोग भएको पाइएको छ ।’

गत वर्षदेखि संस्थाले बचत फिर्ता दिन छोडेपछि मात्र सञ्चालक र कर्मचारीको बदमासी सार्वजनिक भएको थियो । बचत फिर्ता गर्न नसकेपछि व्यवस्थापक लोकनाथ सापकोटा सम्पर्कविहीन भए । त्यसपछि पीडितहरुको उजुरीका आधारमा प्रहरी कार्यालयमा छलफल गर्दा सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा आर्थिक वर्ष २०६८÷०६९ देखि गलत लेखापरीक्षण प्रतिवेदन तयार पार्दै ठगी हुँदै आएको पत्ता लागेको थियो । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्