०५ असार २०८३, शुक्रबार

सरकारमा टिकिराख्ने रणनीतिमा ओली

चैत ३, २०७७
सरकारमा टिकिराख्ने रणनीतिमा ओली

पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन्। पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन्।

तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० समेत बदर भएपछि प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी ९जसपा० सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा छन्। त्यसका लागि अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरूसँग कार्यदल नै बनाएर छलफलमा जुटेका छन्। तर पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपेन्द्र यादवसहितका नेताहरू ओली नेतृत्व सरकारलाई निरन्तरता दिने पक्षमा छैनन्। भट्टराई र यादव ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन्। सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा एउटा समूह अहिलेको सरकारको पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरूको बुझाइ छ।

ठाकुरसहितको एउटा समूह र रेणु यादवसहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोतको दाबी छ। त्यस्तो अवस्थामा एमालेको सहभागिताबिना अर्को सरकार गठनको सम्भावना कमजोर हुनेछ। तर एमालेभित्रकै विवाद बढ्दै जाँदा माधवकुमार नेपालसहितका नेताहरू नै ओलीको विपक्षमा उभिन सक्ने आकलन गर्न थालिएको छ। त्यसले आफू नेतृत्वको सरकार कमजोर हुने विश्लेषण गरेका ओली पक्षले उनीहरूलाई फकाउन सहमतिको हात बढाएका छन्। नागरिकमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्