२० असार २०८३, शनिबार

पाकिस्तान : महिलाले दाइजोमा मागिन् एक लाख रुपैयाँका किताब

चैत ३, २०७७
पाकिस्तान : महिलाले दाइजोमा मागिन् एक लाख रुपैयाँका किताब

पाकिस्तानको खैबर पख्तुनख्वाकी नायला शुमाल साफीले आफ्ना पतिसँग हक मेहर (दाइजो)का लागि एक लाख रुपैयाँ बराबरका पुस्तकहरू मागेकी छन् । 

हक मेहर भनेको एक निर्धारित रकम हो जसलाई मुसलमान पुरुषले निकाहमा पत्नीलाई दिने गर्छन् वा दिने वाचा गर्छन् । 

आइतवार विवाह गरेकी नायलासमक्ष निकाहनामा राखिएको थियो अनि सोधिएको थियो– हक मेहरमा के र कति चाहिन्छ ? उनले हक मेहरमा एक लाख पाकिस्तानी रुपैयाँ बराबरको पुस्तक मागेकी थिइन् । 
 

नायलाका पति डा सज्जाद जोनदूनले पश्तोमा विद्यावारिधि गरेका छन् भने नायला पनि विद्यावारिधि गरिरहेकी छन् । 

डा जोनदूनले मंगेतर नायलाको हक मेहरका बारेमा सुन्दा खुशी भएको र हक मेहरमा ठूलो रकम माग्ने प्रथा अन्त्य हुने विश्वास गरेको बताए । 
 

जोनदूनका अनुसार, खैबर पख्तुख्वामा दुलाहासँग हक मेहरमा १० देखि २० लाखसम्म माग्ने गरिएको छ । दाइजोमा अनेकौं किसिमका माग गरिन्छ । यस कुरीतिलाई अन्त्य गर्नका लागि आफूहरूले नौलो शुरूआत गरेको उनले बताए । 
 

नायलाले जोनदूनसँगै किताबसँगै पनि सम्बन्ध जोडेको बताइन् । सबै साथीभाइले आफ्नो कदमको सराहना गरेको नायला बताउँछिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्