
चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा ३ गैंडा तथा १/१ बाघ र हात्ती मरेका छन् ।
निकुञ्ज क्षेत्रमा १५ चित्तल, २ घोरल तथा १/१ बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ ।
सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा २ बँदेल, शुक्लाफाँटामा १ चित्तल, लामटाङमा १/१ निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा १ लंगुर र २ बँदेल मृत अवस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा ५ चित्तल, २/२ बँदेल, चौका, बाँदर र बिरालो तथा १/१ रतुवा र चरीबाघ सवारीसाधनको ठक्कर र जंगली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ ।
मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा १ मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा १ अर्ना र २ हरिण पनि फागुनमा मरेका थिए ।