
चालू आर्थिक वर्षको माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ।
राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको वर्तमान आर्थिक प्रतिवेदन अनुसार, चालु आर्थिक बर्षको सात महिनामा रेमिट्यान्स वृद्धि १०.९ प्रतिशत छ।
अघिल्लो बर्षको माघमा रेमिट्यान्स ०.७ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा हिसाब गर्दा वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्स ६.७ प्रतिशतले बढेको छ। यो भनेको ४ अर्ब ८१ करोड डलर हो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।