०४ असार २०८३, बिहीबार

म्यानचेस्टर आक्रमणमा संलग्न भएको आशंकामा एक व्यक्ति पक्राउ

कात्तिक २०, २०७४
म्यानचेस्टर आक्रमणमा संलग्न भएको आशंकामा एक व्यक्ति पक्राउ

काठमाडौं, ९ जेठ — बेलायतको म्यानचेस्टरमा सोमवार राति भएको आक्रमणसँग जोडिएको आशंका गरिएका एक २३ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गायिका एरियाना ग्रान्डेको कन्सर्टमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने दर्जनौं अन्य घाइते भएका थिए ।


ग्रेटर म्यानचेस्टर पुलिस डिपार्टमेन्टका चीफ कन्स्टेबल इयान हप्किन्सले २२ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

‘हामी यसलाई तत्कालका लागि अर्को सूचना नआउन्जेलसम्म आतंकवादी घटनाका रूपमा हेरिरहेका छौं,’ उनले भने ।
स्थानीय प्रहरीले प्रतिआतंकवाद अधिकारीहरूसँग मिलेर काम गरिरहेको उनले बताएका छन् ।

प्रधानमन्त्री टेरिजा मेले मृत आक्रमणकारीको पहिचान प्रहरीले गरिसकेको तर यसलाई तत्कालै नखुलाउने बताएको दी एसोसिएटेड प्रेस लेख्छ ।

आक्रमणको घन्टौंपछि प्रहरीले दक्षिण म्यानचेस्टरमा एक २३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्