०५ असार २०८३, शुक्रबार

अमेरिकाकी उपराष्ट्रपतिको निवास नजिक हातहतियार सहित भेटिएका व्यक्ति पक्राउ

चैत ५, २०७७
अमेरिकाकी उपराष्ट्रपतिको निवास नजिक हातहतियार सहित भेटिएका व्यक्ति पक्राउ

अमेरिकाको टेक्सस प्रहरीले खोजी गरिरहेको एक व्यक्तिलाई वाशिङटन डीसीमा उपराष्ट्रपति कमला ह्यारिसको घरबाहिर पक्राउ गरिएको छ । 

ती व्यक्तिको गाडीमा लामो बन्दूक र गोलीगठ्ठा भेटिएपछि उनीमाथि अनेकौं आरोप लगाइएको छ । 

पल मरे नामक ३१ वर्षीय पूर्व सैनिकलाई बुधवार अपराह्न उपराष्ट्रपतिको निवास भएको यूएस नेभल अब्जर्भेटरी नजिक सिक्रेट सर्भिसका अधिकारीहरूले पक्राउ गरेका थिए । स्थानीय प्रहरीले पछि उनलाई औपचारिक पक्राउ गरेको थियो । 
 

मरेमाथि खतरनाक हतियार बोकेको र दर्ता नगरिएको गोलीगट्ठा साथमा राखेको लगायतका आरोप लगाइएको छ । 

प्रहरीले पाएको जानकारीअनुसार, मरेलाई विभिन्न किसिमका मानसिक समस्या भएको थियो । उनले एआर–१५ राइफल किनेर आफ्नी आमालाई मेसेज पठाउँदै डीसीमा समस्या समाधान गर्न जान लागेको बताएका थिए । 

आफूलाई सरकारले मार्न लागेको भ्रम उनले पालेका थिए । 

घटना हुँदा उपराष्ट्रपति कमला ह्यारिस कोरोनाभाइरस महामारीले बढी असर पारेका राज्यहरूको भ्रमणमा थिइन् । 

मरे सन् २०१० देखि २०१४ सम्म सेनाको ड्रोन सञ्चालक थिए । पछि उनलाई स्वास्थ्यको कारणले अवकाश दिइएको थियो । आफूलाई पूर्व सैनिक कोषबाट पर्याप्त सहायता नभएको भनी उनले अधिकृतहरूलाई गुनासो गरेका थिए र औषधि खान पनि छोडिदिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्