०२ असार २०८३, मंगलबार

माछापुच्छ्रे बैंकले शुरू गर्‍यो नेपालगञ्जमा एकैदिन ४ स्थानमा क्यूआर कोड

माछापुच्छ्रे बैंकले शुरू गर्‍यो नेपालगञ्जमा एकैदिन ४ स्थानमा क्यूआर कोड

माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा सुरुवात गरेको छ ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्र्तगत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्यूआर कोड हस्तान्तरण गरेको छ । 

बुधवार आयोजित छुट्टाछुटै औपचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् । 

उक्त क्युआर कोड सेवा शुरू भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढी, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न भने नेपालगञ्ज कै न्युरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्यूआर कोड बाट भुक्तानी गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्