अमेरिकाको जर्जिया राज्यमा रहेका विभिन्न मसाज पार्लरमा गोलीकाण्ड मच्चाएर आठजनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले हत्याका चार र आक्रमणको एक मुद्दा लगाएको छ ।
रोबर्ट आरोन लङ नामक ती व्यक्तिले आफूलाई यौनको लत लागेको प्रहरीलाई बताए ।
‘उनले आफूलाई यौनको लत लागेको संकेत दिए,’ चेरोकी काउन्टीका शेरिफ फ्र्यांक रिनोल्ड्सले सञ्चारकर्मीहरूलाई बुधवार बताए । ‘उनी स्पाहरूमा यौनतुष्टिका लागि जाने गरेको र त्यस लतलाई हटाउन महिलाको हत्याको बाटोमा लागेको हुन सक्ने सम्भावना छ ।’
घटनामा आठजना मारिएका थिए र धेरैजसो पीडितहरू एसियाली मूलका भएकाले एसियालीविरोधी घृणाका कारण हत्या गरिएको धेरैको अनुमान छ ।
एटलान्टा प्रहरीले आक्रमणमा कुनै जातिवादी उद्देश्य थियो कि भनी अनुसन्धान गरिरहेका छन् ।
अधिकारीहरूले एटलान्टाबाट १५० माइल दक्षिणमा रहेको स्थानबाट लङलाई पक्राउ गरेका थिए ।