०५ साउन २०८३, मंगलबार

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा स्थगित

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा स्थगित

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारी समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ ।

बिहीवार बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको विधान र संसदीय दलको नेता चयनबारे छलफल हुने बताइएपनि बैठक अन्तिम समयमा स्थगित भएको हो ।

बैठकको तयारी नपुगेकाले स्थगित भएको कार्यकारी सदस्य केशव झाले जानकारी दिए ।

जसपा पदाधिकारीको अनौपचारिक बैठकले स्थगनको निर्णय लिएको जनाइएको छ ।

जसपाभित्र सत्ता समीकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि इतर पक्षसँग सहकार्य गर्ने भन्ने विषयमा विवाद रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्