११ असार २०८३, बिहीबार

मीना हत्या प्रकरणमा ४ जनालाई थुनामा राख्न आदेश

चैत ५, २०७७
मीना हत्या प्रकरणमा ४ जनालाई थुनामा राख्न आदेश

डोटीको दिपायलसिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा ४ जना थुनामा परेका छन् । 

जिल्ला अदालतले मृतक मीनाका पति प्रकाश दमाई, ससुरा प्रेम दमाई, सासू दुर्गा दमाई र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो ।

अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्