१० असार २०८३, बुधबार

कोरोना संक्रमित सबैलाई ५ हजार पोषणभत्ता दिँदै स्थानीय सरकार

चैत ५, २०७७
कोरोना संक्रमित सबैलाई ५ हजार पोषणभत्ता दिँदै स्थानीय सरकार
प्रतिकात्मक तस्वीर

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई ५ हजार रुपैयाँ उपलब्ध गराउन शुरू गरेको छ । 

नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप रकम उपलब्ध गराउन थालिएको हो । 

गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्ता स्वरूप ५ हजार रुपैयाँ वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए ।

उनले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले उपलब्ध गराएको बताए ।

नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिलाई होम आइसोलेसनमा बस्न र संक्रमणविरुद्ध पौष्टिकयुक्त अहारा खान आग्रह गर्दै त्यसबापत ५ हजार रुपैयाँ एकमुष्ट सहयोग दिने निर्णयअनुसार संक्रमति सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना संक्रमितको संख्या करीब १ हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरूका लागि पोषणभत्तास्वरूप ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

हालसम्म नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या १०० जनाको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्